हलेसीमा चढाइएको ढ्याके भेटी ८७१ किलो


हलेसी (खोटाङ) । विभिन्न समयमा त्रिधार्मिकस्थल हलेसी आउँदा दर्शनार्थीले चढाएका सिक्का (ढ्याके) भेटी तौलँदा ८ सय ७१ किलो ७ सय ग्राम भएको छ । दर्शनार्थीले हलेसीमा चढाएका यो सिक्का गत माघ ११ गतेसम्मको हो ।

तौलिएको सिक्कामध्ये १ र २ रुपैयाँको ३ सय ४६ केजी २ सय ग्राम रहेको सूचना केन्द्र हलेसीका निमित्त प्रमुख सयन्द्र राईले जानकारी गराए । निमित्त प्रमुख राईका अनुसार, १ रुपैयाँको सिक्का ३ सय २८ केजी २ सय ग्राम भएको थियो ।

हलेसीको शिवपार्वतीथानलगायत विभिन्न स्थानमा चढाइएकामध्ये २ रुपैयाँको १ सय ८२ केजी २ सय ग्राम भएको थियो भने भारतीय सिक्का १५ केजी १ सय ग्राम भएको हलेसी महादेव मन्दिर व्यवस्थापन समिति निवर्तमान अध्यक्ष गजुरमान राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार