तेस्रो आँखा डटकमका सहसम्पादक मनोज गिरीको बिदाइ

काठमाडौं । तेस्रो आँखा डटकमका सहसम्पादक मनोज गिरीलाई बिदाइ गरिएको छ ।

तेस्रो आँखा डटकम सञ्चालक समितिको असार २९ गते काठमाडौंमा बसेको बैठकले सहसम्पादक गिरीलाई बिदाइ गरेको हो ।

तेस्रो आँखा डटकमलाई यहाँसम्म ल्याउन पुर्याउन निर्वाह गरेको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै बैठकले सहसम्पादक गिरीलाई विशेष धन्दवाद ज्ञापन गरेको छ ।

सहसम्पादक गिरीको आगामी पत्रकारिता यात्रा अर्थपूर्ण रहोस् भन्दै बैठकमा शुभकामना व्यक्त गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार