तेस्रो आँखा संवाददाता
ऐंसेलुखर्क (हलेसी) । जगदम्बा प्राथमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दुर्गा राई स्पष्ट बहुमतसहित विजयी भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्कमा रहेको जगदम्बा प्रावि व्यवस्थापन समिति अध्यक्षमा प्रतिस्पर्धी हरि राईलाई पराजित गर्दै दुर्गा राई अध्यक्षमा निर्वाचित भएका हुन् ।
शुक्रबार बिहान ११ बजेबाट भएको मतदानमा जम्मा २२ मत खसेको थियो । जसमा विजयी राईले १३ मत पाएका थिए । पराजित प्रतिस्पर्धी हरिले ९ मत प्राप्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति सदस्यमा रेवाधन राई र तुवासरी राई विजयी भएका छन् । गत आइतबार दुईपक्षबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रियाबाटै विद्यालय व्यवस्थापन समितिको टुंगो लागेको हो । ।