नेकपा नेता उषा राईद्वारा ‘सेमिफाइनल प्रवेश टिम’ लाई पुरस्कार

तेस्रो आँखा संवाददाता

हलेसी (खोटाङ) । नेकपा नेता उषा राईले हलेसी तुवाचुङ नगरपालिका–५ भन्ज्याङमा हुन लागेको फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश समूहलाई पुरस्कार दिने भएकी छन् ।

 

नेकपा हलेसी तुवाचुङ नगरपालिका सचिवालय सदस्य राईले होलेसुङ–जनकराज राई मार्ग चौथो संस्करणअन्तर्गत (पुरुष) तर्फका लागि पुरस्कार सौजन्य गरेकी हुन् ।

समाजसेवीका रूपमा समेत फराकिलो परिचय बनाएकी उषा राईले होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा सहभागी हुने समूहमध्ये सेमिफाइनलमा पुग्ने एक समूहका लागि २० हजार रुपैयाँको पुरस्कार सौजन्य गरेको आयोजकले जनाएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ गैरीगुठनिवासी समाजसेवी राईले हलेसी तुवाचुङ नगरपालिकाको खेलकुद क्षेत्रका लागि होलेसुङ–जनकराज राई मार्ग गोल्डकप आयोजकले उदाहरणीय काम गरेको बताइन् ।
संवत् २०७३ बाट सुरु भएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण कात्तिक ३ देखि ८ गतेसम्म हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार