तरुण दल खोटाङ कोषाध्यक्ष रूपेन्द्रकुमार राईद्वारा २५ हजार आर्थिक सहयोग

तेस्रो आँखा संवाददाता

दुर्छिम (खोटाङ) । तरुण दल खोटाङ कोषाध्यक्ष रूपेन्द्रकुमार राईले आगामी कात्तिक ३ देखि ८ गतेसम्म हुने होलेसुङ–जनकराज राई मार्ग गोल्डकपका लागि आर्थिक सहयोग गरेका छन् ।

तरुण दल खोटाङ कोषाध्यक्ष राईले होलेसुङ–जनकराज राई मार्ग चौथो संस्करणअन्तर्गत (पुरुष) तर्फका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमनिवासी राईले आफू पनि खेलप्रेमी भएकाले खेलाडी उत्पादन, संरक्षणा र खेलकुद प्रवद्र्धनमा मरिहत्ते गर्ने भएकाले आसन्न होलेसुङ–जनकराज राई मार्ग गोल्डकप आयोजकलाई आर्थिक सहयोग गरेको बताए ।

संवत् २०७३ बाट सुरु भएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण कात्तिक ३ देखि ८ गतेसम्म हुने भएको छ । सालिन्दा आयोजित होलेसुङ–जनकराज राई मार्ग गोल्डकप २०७६ सफल बनाउन आफूले सक्दो सहयोग गरेको उनले प्रतिबद्धता जनाए ।

‘होलेसुङ–जनकराज राई मार्ग गोल्डकपले हलेसी भेगका फुटबलप्रेमीले केही न केही जान्ने, बुझ्ने र सिक्ने अवसर पाएका छन्,’ युवानेता रूपेन्द्रकुमार राईको भनाइ छ, ‘गोल्डकप आयोजकले त्यस्तो अवसर जुटाइरहोस् भन्ने हौसला थप्न आफूले सकेको सहयोग गरिरहनेछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार