खाखास सेमिफाइनलमा प्रवेश

खोटाङ–’होलेसुङ जनकराज राईमार्ग गोल्डकप–२०७६’ चौथो संस्करणको खुल्ला फुटबल प्रतियोगितामा खामाखा खार्चुङ समाजका प्रतियोगि समुह समिफाइनलमा प्रवेश गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका वडा नं. ५ चुमाखुमा कार्तिक ३ गते आइतबारबाट आरम्भ भएको गोल्डकपमा खाखासले पनि सहभागिता जनाएको थियो ।

जनकराज राई मार्ग गोल्डकपको खेल चुमाखु दर्छिममा भएपनि ३ र ४ गते च्यामिटारको खेल मैदानमा उद्घाटन गरि खेलको सुरुवात भएको हो । सोमबार ४ गते च्याम्टिारमा भएको खेलमा खाखास र नवजिवन चिल्ड क्लवको प्रतिस्पर्धामा ५–० गोल अन्तरले खाखास बिजय भएका थिए ।

खाखासको बुधबार दिउसो ३ बजे परेको खेलमा चुमाखु क्लवसँग प्रतिस्पर्धा भएको थियो । खाखास र चुमाखु क्वलबीच भएको प्रतिस्पर्धामा खाखासले खेल सुरुभएको दुई मिनेटमा नै जर्सी नं. १७ का खेलाडि उर्गेन शेपाले गोल गर्न सफल भएको थियो । भने खेलको समय अवधि भित्र खाखासले ४ गोल गर्न सफल भएको थियो । चुमाखुलाई ४–० को अन्तरले हराएसँगै खाखास सेमिफाइनलमा प्रवेश गरेको टिम म्यानेजर बिनोद राइले जानकारी गराए ।

उक्त खेलमा म्यान अफ द म्याच पनि खाखासका खेलाडी सञ्जोग मर्हजनले हात पारेका छन् । खाखास जनकराज राई मार्ग गोल्डकप २०७५ तेस्रो संस्करणका बिजेता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार