खामाखा खार्चुङ समाज फाइनलमा, ॐ शिवशक्तिलाई २ ‘रेडकार्ड’

तेस्रो आँखा संवाददाता

बोहेम्मा, (दुर्छिम) खोटाङ । होलेसुङ जनकराज राई मार्ग गोल्डकप–२०७६ चौथो संस्करणको फुटबल प्रतियोगितामा खामाखा खार्चुङ समाज फाइनलमा प्रवेश गरेको छ । खाखासले ॐ शिव शक्तिलाई सेमिफाइनल खेलमा पराजित गरेको हो ।

बिहीबार दिउँसो २ बजेबाट सुरु सेमिफाइनल खेलमा खाखास र ॐ शिव शक्तिबीच खेलको पहिलो ‘हाफटाइम’मा ॐ शिव शक्तिले २ गोल गर्न सफल भएको थियो । सोही खेलको दोस्रो ‘हाफटाइम’पछिको खेलमा खाखासले समेत २ गोल फर्कायो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा रेफ्रीले खाखासलाई फ्री किक दिएपछि ॐ शिव शक्तिले खेल बहिष्कार गरेको हो । उसले खेल बहिष्कार गरेपछि आयोजकले खाखासलाई विजयी घोषणा गरेको थियो ।

ॐ शिव शक्तिका १२ र १६ नम्बर जर्सीका खेलाडीलाई रेफ्रिले रेडकार्ड दिएको थियो । ॐ शिव शक्तिका खेलाडिले ह्यान्ड गरेपछि खाखासले फ्री किकको अवसर पाएको थियो । खाखासले फ्री किक पाएपछि ॐ शिव शक्तिका खेलाडीले रेफ्र माथि अराजक ब्यावहार देखाए र मैदान छाडेका थिए । त्यसपछि आयोजकले ॐ शिव शक्तिका खेलाडीलाई मैदानमा फर्कन ३ मिनेट समय दिएको थियो ।

खाखास र ॐ शिव शक्तिबीच खेल चलिरहेको बेला ॐ शिव शक्तिका खेलाडीले रेफ्रीलाई हातपातसमेत गरेका थिए ।

यसैगरी, बिहीबारकै खेलमा खोरम्बुले हलेसी ७ लाई ट्राइबेकरमा ९–८ गोल अन्तरले पछाडि पारेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार