निराजनको बुइ चढ्दा डिम्पल खुसीले गद्गगद्

काठमाडौं । निर्मला सुहाङद्वारा निर्मित ‘तिमीविना’ शीर्षाकृत गीतको म्युजिक भिडियोमा डिम्पल योङहाङले डेब्यु गरेकी छन् । चर्चित मोडल निराजन प्रधानसँग योङहाङले अभिनयमा पहिलोपटक स्क्रीन सेयर गरेकी हुन् ।

पहिलो प्रयासमै उनले धेरैको मन जितेकी छन् । अभिनयमा रुचि राख्ने इलाम चुलाचुलीनिवासी उनी त्रि–चन्द्र क्याम्पस घण्टाघरमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छिन् ।

डिम्पल अभिनीत हालै सार्वजनिक म्युजिक भिडियो ओएसआर डिजिटलमा उपलब्ध छ । छोटो समयमा दर्शकले म्युजिक भिडियो मनपराइदिएका छन् ।

गायक प्रमोद खरेल स्वरबद्ध गीत रोवर्ट शिप्तुङ्खाले लेखेका हुन् भने संगीत संयोजन सुनील राईले गरेका छन् । यसअघि पनि राईले दर्जनौं गीत तथा गजलमा संगीत भरिसकेका छन् ।

प्रेमीले प्रेमिकाप्रति दर्शाएको गहिरो मायालाई भिडियोमा कलात्मक ढंगले उतारिएको छ । निकेश खड्काको म्युजिक भिडियो निर्देशन रहरलाग्दो देखिन्छ।

(हेर्नुहोस् भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार