काँग्रेस नगर कार्यसमिति सभापतिमा राई निर्विरोध

असल चरित्र

दुर्छिम । नेपाली काँग्रेस हलेसी तुवाचुङ नगरपालिका कार्यसमिति सभापतिमा चक्रकुमार राई निर्विरोध निर्वाचित भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुनिवासी सभापति राई नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्यसमेत हुन् ।
कार्यसमिति उपसभापतिमा रूपेन्द्रकुमार राई र काशीराज राईसमेत निर्विरोध निर्वाचित भएका छन् । उपसभापति राईद्वयमध्ये हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमनिवासी रूपेन्द्रकुमार तरुण दल खोटाङ कोषाध्यक्ष र काशीराज हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले वडाध्यक्ष हुन् ।

यसैगरी, सचिवमा कमल गिरी र देवेन्द्र राई निर्वाचित भएका छन् भने सहसचिवमा महेश रेग्मी र सुवास राई निर्वाचित भएको नेपाली काँग्रेस हलेसी तुवाचुङ नगरपालिका कार्यसमिति सचिव कमल गिरीले जानकारी गराए ।

‘कोषाध्यक्षको टुंगो लगाउन बाँकी छ,’ सचिव गिरीले भने, ‘कोषाध्यक्षसहित सदस्यको टुंगो सभापतिले लगाउनुहुन्छ । ११ वटै वडाबाट एकजना महिला र दुई पुरुष गरी तीन सदस्य सम्बन्धित वडाले सिफारिस गर्नेछन् । सिफारिसअनुसार कार्यसमितिलाई पूर्णता दिइनेछ । समितिले चाँडै पूर्णता पाउनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार