हलेसी गुफामा रहेको शिवलिंग ढाक्न सुनको जलहरि

असल चरित्र

हात्तीढुंगे, दुर्छिम (खोटाङ) । काँग्रेस महाधिवेशन प्रतिनिधि जितेन्द्र ठकुरीले त्रिधार्मिक स्थल हलेसीमा रहेको शिवलिंग ढाक्न सुनको जलहरि राख्न सुझाएका छन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधि ठकुरीले शिवलिंग ढाक्न तामाको ठाउँमा चाँदीको बनाउने भनेर हलेसी महादेव विकास समितिले १६ केजी सुन खरिद गरिसकेको जानकारी गराउँदै चाँदीको सट्टा सुनको जलहरि राख्न सुझाएका हुन् ।

‘अब सुनको बनाऊँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आह्वान गरेका छन्, ‘हलेसी तुवाचुङ नगरपालिका, हलेसी महादेव विकास समिति, गुठी संस्थान, सरोकारवाला संघ–संस्थासँग छलफल गरी सुनको जलहरि बनाउन बैंक खाता खोली इच्छुक दाताबाट रकम संकलन गरौं ।’ यसो गर्न सम्भव रहेको उनको भनाइ छ ।

‘पशुपतिनाथ मन्दिरको छाना सुनको हाल्ने पक्कापक्की भइसकेको छ,’ उनले थपे, ‘भक्तपुरको एक मन्दिरको छानो सोही प्रकृतिको हाल्ने निर्णय भएको पत्रपत्रिकामा पढ्न पाइयो । हलेसीमा पनि शिवलिंग ढाक्न सुनको जलहरि बनाउन सम्भव छ ।’

हलेसी महादेव विकास समितिले शिवलिंग ढाक्न १६ केजी चाँदी खरिद गरिसकेको छ । अपुग पाँच केजी चाँदी काँग्रेस महाधिवेशन प्रतिनिधि जितेन्द्र ठकुरीले दिने वचन दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार