रमणीय ‘रक गार्डेन’

सयन्द्र राई

हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाले घोषित नीति तथा कार्यक्रमअनुसार ‘रक गार्डेन’ निर्माणका लागि स्थलगत सम्भाव्यता अध्ययन तथा अनुसन्धान थालेको छ । हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, प्रमुख प्रशासकीय अधिकृत राजेशबाबु घिमिरे र मूर्तिकार धनु याख्खालगायतको टोलीले अध्ययन थालेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र वडा नम्बर ७ महादेवस्थानको भोटेढाँड डाँडालाई ‘रक गार्डेन’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ । ‘रक गार्डेन’ निर्माणलाई मूर्त रूप दिन अध्ययन तीव्र पारिएको नगरपालिकाले जनाएको छ ।

हलेसी गुरुयोजना निर्माण समितिको काठमाडौंमा बसेको चौथो बैठकले भोटेढाँड डाँडालाई ‘रक गार्डेन’ बनाउने प्रसंग उठ्दा त्यसको नाम ‘बुङालुङ’ राख्नसमेत सुझाइएको थियो । चाम्लिङ राई भाषाको ‘बुङालुङ’ शब्दको अर्थ– ढुंंगेबगैंचा अर्थात् ढुंगाको लहर हुन्छ ।

हरियाली प्रवद्र्धन गर्दै पार्क निर्माण अध्ययनमा जुटेका मूर्तिकार याख्खाले भोटेढाँड डाँडाको ढुंगा देखेर लोभिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार