प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित कानुनमन्त्रीद्वारा दीप प्रज्ज्वलन

हलेसी, २६ फागुन

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेकी छन् ।

मन्त्री तुम्बाहाङ्फेले हलेसी दर्शनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतले जानकारी गराए ।

बस्नेतका अनुसार मन्त्रीसँगै संघीय सांसद कृष्णगोपाल श्रेष्ठ र बीना श्रेष्ठले समेत हलेसी दर्शन गरेका छन् । पूर्वउपसभामुखसमेत रहेकी मन्त्री र सांसदद्वय तीनदिन खोटाङ रहनेछन् । मन्त्री र सांसदद्वय खोटाङका विभिन्न कार्यक्रममा सरिक हुनेछन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका वीणादेवी राईले मन्त्री र सांसदद्वयलाई खोटाङ भ्रमणको सहजीकरण गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार