राष्ट्रियसभा उपाध्यक्षद्वारा कोरोना नियन्त्रण कोषमा महिना दिनको तलब

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा महिना दिनको तलब प्रदान गरेकी छन् ।

उपाध्यक्ष दाहालले सङ्घीय संसद्, सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त महिना दिनको तलब कोषमा जम्मा गर्न निर्देशन दिएकी हुन् । उनले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि आग्रह गरेकी छन् ।

कोरोना भाइरसको सङ्क्रमण जोखिम नेपालमा रहेकाले सङ्क्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन उनले अनुरोध गरिन् । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ ।

उपचार कोषमा यसअघि प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा अध्यक्षले एक/एक महिनाको तलब जम्मा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार