बँदेलको आक्रमणबाट बाख्रा चराउन गएका बालकको मृत्यु

मार्तडी । बूढीनन्दा नगपालिकामा बँदेलको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बँदेलले आक्रमण गर्दा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको ज्यान गएको हो ।

सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार