फागुन १२ गतेसम्मका लागि संसद स्थगित

काठमाडौं, ८ फागुन । एमसीसी सम्झौता संसदमा टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेका थिए त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

संसदमा एमसीसी सम्झौता पेश हुँदा नेकपा एमालेका सांसदहरुले बिरोध गरेका थिए भने माओवादी केन्द्रका केही सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार