काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न पार्टीको समर्थन नभएको बताएका छन् ।
एमसीसीको विषयमा सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ ।
संसद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्ने कुरामा पार्टीको समर्थन नभएको बताएका हुन ।