एमसीसी टेबल गरेसँगै सञ्चारमन्त्रीका लागि थप सुरक्षा बढाइयो

काठमाडौं, ९ फागुन । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका लागि थप सुरक्षा बढाइएको छ ।

मन्त्रीका लागि सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको हो ।

आइतवार सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी गराएका छन ।

यस अघि निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइए खट्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार