माओवादी केन्द्रले पठायो स्थानीय तह निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई पत्र

काठमाडौं, ९ फागुन । स्थानीय निर्वाचनको तयारी गर्न नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरुलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो ।

माओवादी केन्द्रले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरुलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको छ । भने प्रदेश कमिटीको बैठक राख्न, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसेर सबैको कार्यविभाजन पनि माओवादीले निर्देशन दिएको छ ।

निर्वाचन तयारीका लागि पालिकाहरुमा निर्वाचन मुल परिचालन समिति बनाउनु पर्ने, गत निर्वाचनमा आएको मत परिणामको समिक्षा गर्नुपर्ने पनि अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा भनिएको छ । निर्वाचन आयोगले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार