कविता “पल्लवी”

मेरो निम्ति तिमी
एउटा अनमोल बगैँचा हौ
जति नै फूलहरुको पुष्पथैली सुकेर लत्रीएनी
अनेकौं सुगन्धहरुको रस फक्रीएनी
तिमी सधै सदा सुन्दर महिमा हौ
किनकी
त्यो बगैचाससँगको सम्बन्धमा मेरो
अगाध त्याग र समर्पण छ
त्यहाँ हाम्रो
हजारौ आस्था र प्रतिबिम्बको अनेकता छ
सुसज्जित मालाहरुले रङ्गिएको उपमा छ
तिनै पहरा र छहारीहरु साक्षी छन ताकी
हाम्रो प्रतिध्वनीको आवाजहरु गुन्जिएको
हामिले कल्पना गर्ने असंख्य सागरको
अनि
मृत्युुपर्यन्तको विवेचनाहरु पनि त्यहाँ असीमित छ
मानौ,
तिम्रो कन्कृट र मौलाउदै गएको ती सुवास
तिम्रो आफ्नो धरोहरा वेदनाको स्पर्शहरु
जति नै खण्डहर स्वरुप देखिए नि
मेरो लागि तिमि
सधै निस्चल र पवित्र अनि
अनमोल छौ
तिमी साच्चै एउटा वरदान हौ
हाम्रो जीवन संघर्षको प्रेरणा हौ
तिम्रो कोकिल बाणीहरुले
एकोहोरिएको ज्युदो आत्माहरु
आत्महत्या गर्न छोडेर
जीवनलाई फूलाउन अनि
फेरि फक्राउन चाहान्छन
त्यसैले तिमी अब
पीडाको ओछ्यानहरुबाट
उठन सक्नुपर्छ
अर्ध संहारहरुबाट ब्युझेर
ती हाम्रा वाचाका पन्जराहरुलाइ समाइ
हिड्न सक्नुपर्छ
अविच्छिन खुशीको तरेलीहरुमा
दुई आत्माका मुर्छनाहरु लिइ
मुस्कुराउदै जङ्घारहरु तर्न तयार हुनुपर्छ
विगतको नयनहरुलाइ सम्झदै
सामिप्यताको कुनामा लुकाइ
हाम्रो स्वाभिमानको सपनाहरु
शिखरको थुम्कीमा बिसाउन
अनवरत यात्रामा निस्कनलाई
तिमिले आफ्ना पाइलाहरु अघि सार्नुपर्छ
तिमी एउटा
अडिग साहस, धैर्य अनि
बेजोडको प्रतिभा हौ
मेरो लागी यस्तो प्रतिमा हौ
जहाँ म तिम्रो क्यानभास
कोरिरहेको हुनेछु
तिमी सङ्गै
तिम्रै मन्द आकृती सङ्गै
किनकी तिमी मेरो
मनभित्रको ऐनामा
धिरकाब्य रुपमा
साथमा सधै रहिरहने
पल्लवी हौ
साक्षात पल्लवी हौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार