पशुपतिको क्षेत्रमा शिवको तस्वीर कोरिदैँ अवलोकन गर्न पुगे मन्त्री आले

काठमाडौँ, १० फागुन । पशुपति क्षेत्रमा भगवान् शिवकोे चित्रहरू बनाउन थालिएको छ ।

पशुपति दर्शन गर्न आउने भक्तजनहरूलाई आकर्षण गराउने उदश्यले पशुपतिका मठ मन्दिरसँगै बनेका भित्ताहरूमा भगवान् शिवको चित्रहरू बनाएका हो ।

महाशिवरात्रिलाई नजिकीदै गर्दा पशुपति विकास कोषले पशुपति क्षेत्रलाई सजाउने कामलाई तीव्र रूपले अगाडि बढाएको हुन ।

उक्त शिवका चित्रहरूलाई संस्कृति पर्यटन मन्त्री प्रेमबहादुर आलेले पशुपति पुगेर अवलोकन गरेका थिए ।

फाल्गुन १ गतेबाट बनेका यी चित्रहरू राज श्रेष्ठ, रुद्रराज बस्नेत लगायत पाँचजना कलाकर्मीहरूको टिमले बनाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार