प्रदेश १ को नामाकरणका लागि औपचारिक छलफल सुरु

काठमाडौं, १० फागुन । हालसम्म नभएको प्रदेश १ को नामाकरणका लागि औपचारिक छलफल सुरु भएको छ ।

नामाकरणका लागि प्रतावित नामहरूमा छलफल गरेर आइतबार प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो ।

प्रदेश १ को प्रस्तावित नामहरूमा किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम रहेको छ ।

प्रदेश १ को नामाकरणका लागि हाला नेकपा (एकीकृत समाजवादी) नेतृत्वमा कांग्रेस, नेकपा (माओवादी केन्द्र, जनता समाजवादी र संघीय लिम्बुवान मञ्च सरकारमा रहेको छ ।

९२ सांसद भएको प्रदेश–१ मा एमालेका ४१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, नेकपा (एस) मा १०, जसपामा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक÷एक सांसद छन् ।

भने एमालेविना दुई तिहाइ पुग्दैन । नामंकनका विषयमा गठबन्धनभित्र कांग्रेसबाहेकको दलमा पहिचानसहितको नाम राख्नेमा एक मत छ । अर्थात्, किरात, लिम्बुवानजस्ता नाममा गठबन्धनभित्र कांग्रेसबाहेकका दल एकमत छ । तर, एमाले यी नाममा सहमत छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार