काठमाडौं, १० फागुन । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।
यस अघि सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ । सोमबार ३ अर्ब पनि नपुगेको सेयर करोबार रकम मंगलबार ३ अर्ब २१ करोड नाघेको छ ।