केन्द्रीय कोषाध्यक्षमा बास्तोलाको उम्मेद्धारी

नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य सुशील बास्तोलाले आठौँ महाधिबेशनमा केन्द्रीय कोषाध्यक्षको उम्मेद्धारी दिने भएका छन् ।

फागुन २१ गते देखि २३ गते सम्म हुने नेपाल निजामती कर्मचारी युनियनको ८औँ केन्द्रीय महाधिबेशनमा बास्तोलाले केन्द्रीय कोषाध्यक्षको उम्मेद्धारी दिने भएको हो ।

लेटाङ नगरपालिकाको लेखा अधिकृतमा कार्यरत बास्तोला २०६७ सालमा निजामती सेवामा प्रबेश भएका हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङमा समेत रहेका उनी नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति खोटाङको अध्यक्ष समेत रहेका थिए ।

नेपालको संघियता कार्यान्वयनसंगै स्थानीय तहका जनप्रतिनिधि र सेवाग्राहीहरुका अनुभव साट्ने अवसर मिलेको र राजनीति र प्रशासन बीचको समस्या चुनौती नजिकबाट अनुभव गर्न पाएका उनले आम कर्मचारीहरुको हक हितको लागि नीति तथा कार्यक्रमहरुलाई संस्थागत गर्नका लागि ८औँ महाधिबेशनमा केन्द्रीय कोषाध्यक्षको उम्मेद्धारी दिने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार