काठमाडौं, १० फागुन । पछिल्लो २४ घण्टामा देशभर ४७६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जम्मा ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
८३१ जना भने सङ्क्रमणमुक्त भएका छन् । नेपालको कूल सङ्क्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
हाल नेपालमा १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ११ हजार ९२८ जनाले ज्यान गुमाइसकेका छन् ।