र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा

लागूऔषधसम्बन्धी पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा मंगलवार रिहा भएका छन् ।

१४ पुसमा लागुऔषधसम्बन्धी पक्राउ परेका लाउरेलाई जिल्ला अदालत कास्कीले ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । लाउरेले रियालिटी सो हिमालयन रोडिजको निर्णायकमा रहेका थिए । रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर फर्कदा पोखरामा पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार