काठमाडौं, ११ फागुन । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ सैनवार निवासी ४१ वर्षीया लिली चौधरीलाई मंगलवार राति बाघले आक्रमण गरेको थियो ।
शौच गर्न घरबाट बाहिर निस्केको समयमा राति ९ बजेतिर बाघले महिलालाई झम्टेको थियो । स्थानीयले होहल्ला गरेपछि बाघ भागेको थियो ।
आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको थियो । हाल चौधरीको शव परीक्षण गर्न जिल्ला अस्पताल गुलरियामा राखिएको छ ।