राष्ट्र उत्थान लघुवित्तको शेयर बिहीबार बाँडफाँट हुने

काठमाडौं, ११ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बिहिवार बाँडफाँट हुने भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले भोली बिहीबार ३ बजेपछि शेयर बाँडफाँट हुने जनाएको छ । फागुन ४ गतेदेखि ८ गतेसम्म जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

१३ हजार कित्ता शेयर कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ।

त्यस अनुसार ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै शेयर पाउनेछ । लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार