अभिनेता पल शाहविरुद्ध समीक्षाले दिइन् किटानी जाहेरी

काठमाडौं, ११ फागुन । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दिएको छ ।

गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको स्रोतले जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । म्यूजिक भिडियो सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ । अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार