तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, १२ फागुन । सुनको मूल्य एकैदिनमा तोलाको २ हजार पाँच सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो भने चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार