संसद भवन वरिपरि व्यापक प्रहरी परिचालन

काठमाडौं, १२ फागुन । बानेश्वर क्षेत्रमा उच्च सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । हाल सडक खाली गराएर सुरक्षाका लागि ब्यारिकेट राखिएको छ ।

अहिले संसद भवन वरिपरि व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ । आज संसद बैठक दिउँसो १ बजेदेखि सुरू हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार