काठमाडौं, १२ फागुन । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वरमा झडप भएको छ ।
एमसीसी अमेरिकी सहयोग परियोजना सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
एमसीसीको विरोधमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । भने प्रदर्शन नियन्त्रणमा गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रयोग गरेका छन् ।