आफ्नै पार्टीका संगठनले माग्यो मन्त्री झाँक्रीको राजीनामा

काठमाडौं, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) को विभिन्न २२ संगठनले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको राजीनामा माग गरेका छन ।

हाल विवादमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने भन्दै आफ्नै पार्टीका २२ संगठनले माग गरेको हो ।

एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार