एमसीसीको विषयमा पार्टीको धारणा तय गर्न जसपाको बैठक

काठमाडौं, १३ फागुन । एमसीसीको विषयमा जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्बन्धी सम्झौताका विषयमा पार्टीको धारणा तय गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । नेताहरूका अनुसार मध्यान्न १२ बजे बैठक बने तय भएको छ ।

एमसीसीलाई लिएर जसपा दुई धारमा छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा र डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् ।

यही कारण पार्टी फुटको समेत आशंका भइरहेका बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । आज दिउँसो १ बजेबाट प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यो अगावै जसपाको पार्टीको बैठकले आफ्नो धारणा तय गर्ने जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार