एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज

काठमाडौं, १३ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल गर्नका लागि आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका प्रतिनिधिसभाको बैठक बस्ने भएको हो ।

बैठक आज १ बजे देखि सुरू हुने भएको छ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक शुक्रबारलाई सारिएको थियो ।

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुनसकेको छैन । सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार