माओवादी केन्द्रको निर्णय, गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई जोगाएर निरन्तरता दिन पार्टीले अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिनका लागि अन्तिम प्रयास माओवादी केन्द्रको रहने निर्णय भएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने समेत निर्णय गरेको छ । बैठकको निर्णयबारे सैद्धान्तिक रुपले पार्टीको अडानलाई कायम राख्दै गठबन्धनलाई निरन्तरता दिनसक्दा सम्म निरन्तरता दिने निर्णय भएको छ ।’

हाल भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डलाई एक नेतालाई बालुवाटार पठाउन लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार