काठमाडौं, १३ फागुन । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएका छन् ।
यो सँगै देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । भने आज ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।