प्रधानमन्त्री देउवा पुगे ओली निवासमा

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।

पोखराबाट काठमाडौं फर्किएका ओलीलाई भेट्न देउवा बालकोट पुगेको हो ।

ओलीलाई भेट्न प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सँगै पुगेका छन् । यसअघि सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार