अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

काठमाडौं, १५ फागुन । जवरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभिनेता पल शाह तनहुँबाट नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार