अस्पतालको शौचालयमा शिशुको शव

विराटनगर, १६ फागुन । विराटनगर कोसी अस्पतालको शौचालयमा शिशुको शव फेला परेको छ ।

बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको हो । शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार