दिउँसो १ बजे राखिएको प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ

काठमाडौं १५, फागुन । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे राखिए पनि ढिलाइ भएको छ ।

बैठक दिउँसो २ बजिसक्दापनि बैठक सुरु भएको छैन् । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवनमा २ बजे प्रवेश गरेका छन् ।

यसका साथै अन्य सांसदहरु पनि संसद भवन प्रवेश गर्ने क्रम जारी रहेको छ । यतिबेला पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ । सत्ता गठबन्धनमा आजै एमसीसी व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार