अभिनेता पल शाहलाई सात ७ दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने

काठमाडौं, १५ फागुन । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा शाह पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार