एमसीसी ‘यो ठीक छ, चाहिन्छ’ : बाबुराम भट्टराई

काठमाडौं, १५ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको लागि आपत्तिजनक नभएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसी नेपालको लागि पास गर्न समस्या नभएको बताएको र एमसीसीलाई अनावश्यक कुराले गिजोलेको समेत बताए । हाल एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको अर्थ नरहेको बताए ।

हैन भने त्यतिबेला एमसीसी गल्ती थियो भन्ने राख्नु पथ्र्यो । गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्छ’ उनले भने । आफू प्रधानमन्त्री हुँदा एमसीसी सहयोग सम्झौताका रुपमा आएको र आफूले स्वीकार गरेको नेता भट्टराईले बताए ।  यो ठीक छ, चाहिन्छ भनेकै हो’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार