काठमाडौं, १६ फागुन । काठमाडौं नयाँ बानेश्वर संसद भवन नजिक शंकास्पद वस्तु भेटिएको छ ।
सोमबार नयाँ बानेश्वर संसद भवन अगाडिको मुख्य सडकमा प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तु नो एमसीसी लेखिएको भेटिएको हो ।
काठमाडौं प्रहरी परिसरले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए । अहिले उक्त क्षेत्रलाई सुरक्षा दिइएको र मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबर गरेक छन् ।