सोमबार दिउँसो ३ बजे ‘प्रचण्ड’को पत्रकार सम्मेलन

काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले सोमबार दिउँसो ३ बजे खुमलटारस्थित निवासमै पत्रकार सम्मेलन राखिएको हो । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका छन् । भने एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै विवाद मिलाउन प्रचण्डलाई सकस स्रोतले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार