योगका लागि योगमाण्डु

काठमाडौं, १६ फागुन। योगमाण्डुले योग सम्बन्धि कक्षा संचालन गरेसँगैं अन्तराष्ट्रिय स्तरको योग ध्यान सेवा केन्द्र बनेकोे छ ।

काठमाडौं मध्य बानेश्वर भेनस हस्पिटलको नजिक रहेको योगमाण्डुले सर्टिफाइट प्रशिक्षकहरुद्घारा योग सम्बन्धि विभिन्न प्रकारका कक्षा र अन्तराष्ट्रिय स्तरको योग प्रशिक्षक तालिम संञ्चालन गरेसँगै अन्तराष्ट्रिय योग ध्यान सेवा केन्द्र बनेको हो ।
मानिसकोे स्तरिय जिवन जिउने शैली योगद्घारा सन्तुलित रुपमा जिउन सकिने योगीहरु बताउछन् । स्वस्थ्य, निरोगी, दीर्घजीवि बन्ने सरल र प्राकृतिक विधी हो योग न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर नै । यद्यपी स्वस्थ खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउन सकेमा योगले हामीलाई निरोगी त बनाउ छ नै जवान, उर्जावान् साथै दिर्घजिवन समेत प्रदान गर्दछ । दैनिक योगका आसन र प्रणायम गर्नाले शरीरका सबै जोर्नीहरु खुल्ने भएकोले मानिसलाई निरोगी हुन मदत गर्दछ ।

योग एक आध्यात्म पनि हो, जसमा शरीर, मन र मतिष्कलाई एकिकृत गरिन्छ । सजिलो अर्थमा योग एक अभ्यास हो जसद्वारा हामी शरीर, मन र मतिष्कलाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्न सक्छौं ।
पहिले योग भनेको साधु सन्तले मात्र गर्ने भन्ने प्रचलन थियो तर अहिले भने योग सबैका लागी आवश्यक भएको जनचेतना मानिसमा आइसकेको छ ।
योगमाण्डुका संचालक अर्जुन रखाल मगर भन्छन् स् “हामीले योग सम्बन्धि विभिन्न दैनिक कक्षाहरु र अन्र्तराष्ट्रिय स्तरको योग प्रशिक्षक तालिमहरु संचालन गर्दै आएका छौ । हामीले धेरै पर्यटक, व्यवसायी, कर्मचारी, विद्यार्थी, स्थानिय लगायतका व्यक्तीहरुलाई सेवा प्रदान गर्दै आइ रहेका छौ साथै ५० भन्दा माथि योग प्रशिक्षकहरुलाइ पनि रोजगार दिएका र्छौ ।
पहिलो कुरा त योग गर्दै गर्दा त्यस विषयमा बुझ्न जरुरी हुन्छ । पहिले म पनि योग सम्बन्धी रुची भएको वा बुझेको मान्छे होईन । मैले योग सुरुवात गर्ने बेला अहिले योग सम्बन्धि ज–जस्ले योग के हो, किन गर्छौ, कसरी गछौं, यसको फाईदा, बेफाइदा बुझनु भएको छैन, उहाँहरु भन्दा म पनि खासै फरक थिईन ।

तर पछिल्लो समय योग अभ्यास आफ्नो जिवनमा लागु गर्दै र अझ विस्तारित रुपमा बुझर्दै जाँदा योग मानिसका लागि शारिरिक, मानसिक, सामाजिक, आध्यत्मीक रुपमा योगको निकै ठुलो भूमिका भएको पाए त्यसैले योग गर्न सरु गरे र अहिले योग प्रशिक्षकको रुपमा पनि सेवा प्रदान गर्दै आएको छु ।”

मानिसहरु योगलाई धर्मको रुपमा पनि हेर्ने गर्छन् । योगले धर्म मात्र हैन वास्तविक जीवन जिउन पनि सिकाउछ । हामी आफ्नो ईच्छा, शोखले गर्दा विभिन्न प्रकारका खानेकुरा खान्छौ, शाारिरिक हिसावले पनि काम गर्दैनौ । त्यो हुनु भनेको नै हामी स्वस्थ्थ नबन्नु हो । कुनै रोगले हामीलाई आक्रमण गर्छ त्यसबेला हामी आतिन्छौ । अनि औषधिको भरमा बाच्नु पर्ने हुन्छ । अहिलेको खाना स्वस्थ्यकर छैन । खाना विशाक्तले भरिपूर्ण छ । मानिसहरुलाई शरीरमा भएको विशाक्तता फाल्नका लागि पनि अहिले योग निकै आवश्यक हुन थालेको छ ।

जहाँ जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै कोष कोषिकाहरु स्वस्थ्य हुन्छन् । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान गर्दछ । पछिल्लो समय प्राय रोगीहरुमा पनि योग अभ्यास गर्नेको संख्या बढेको मगर बताउछन् ।

उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी, तनाव तथा ग्याष्टिकका विरामीहरु बढी योगतर्फ आकषिर्त छन् । योगका सबै आसन गर्न भ्याएन भने पनि सूर्य नमस्कार र केहीबेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन सकिन्छ ।
योगमाण्डुमा उपलब्ध योग कक्षाहरु
१। सनातन योग
२। हठ योग
२। अष्टाङ्ग योग
३। भिन्यासा योग
४। प्रणायम योग
५। पावर योग
६। ध्यान योग
यी विभिन्न योगका प्रकारहरुसँगै योग गर्न चाहने तर योगमाण्डु आउन नसक्नेहरुको लागी पनि घर मै पनि होम सर्भिस योगमाण्डुले दिर्दै आएको छ । साथै स्कुल योग, कर्पोरेट योग, योग रिट्रिट, हाईकिङ योग, सामुदायिक योग, चिल्ड्रेन योग, योग थेरापी लगायत विभिन्न योग सम्बन्धि सेवाहरु पनि प्रदान गरि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार