नेष्डोको आईपीओमा २६ लाखको आवेदन

काठमाडौं, १६ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निस्कासन (आईपीओ) मा २६ लाखले आवेदन दिएका छन् ।

आइतबार साँझसम्म करिब २६ लाख वटा आवेदन प्राप्त भएको र लघुवित्त वित्तीयको आईपीओमा माग भन्दा ३८ गुणा बढी आवेदन परेको छ ।

उक्त आईपीओमा सर्वसाधारणलाई ७ लाख ७४ हजार ५६३ कित्ता सेयर छुट्याइएको छ भने कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि गत बुधबारदेखि खुला भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार