पशुपतिमा भीड व्यवस्थापनका लागि यी ठाउँहरूमा सवारीसाधन चलाउन नपाइने

काठमाडौं, १६ फागुन । महाशिवरात्रिका दिनमा पशुपति श्रेत्र काठमाडौंमा भीड व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छन् ।

शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले पशुपति आसपासमा सवारीसाधन जान रोक लगाइएको जानकारी गराएका छन् ।

पशुपति क्षेत्र विकास कोष र ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने भएको छ ।

तिलगंगादेखि चावहिलसम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने तयारी रहेको छ भने सिनामंगलदेखि गौशाला हुँदै चावहिलसम्मको चक्रपथ क्षेत्र प्रभावित हुनेछ । सो क्षेत्रभित्र सवारी व्यवस्थापनको लागि सवारीसाधन प्रवेश निषेध गरिएको छ ।

पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ । भने धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको महाशाखाले जनाएको छ । त्यस्तै चावहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार