काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।
प्रचण्डले सोमबार खुमलटारस्थित निवासमै पत्रकार सम्मेलनमा एमसीसी पास भएपछि म निकै खुसी र देश दुर्घटनाबाट बचेको समेत बताए । आइतबार एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरिएको छ ।