बुधबार नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता

काठमाडौं, १८ फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग अनुदान एमसीसीको विषयमा पार्टीको निर्णयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता श्रेष्ठबीच मनमुटाव बढेसँगै विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तिवन पुगेका हुन् ।

एमसीसी पास भएसँगै माओवादी केन्द्रमा अन्तरसंघर्ष चर्किरहेको छ । सुरुबाटै एमसीसीको बिरोध गर्दै आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको निर्णय बिपरित एमसीसी पास गर्न भूमिका खेलेको भन्दै नारायणकाजी श्रेष्ठ सहित शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् । विप्लव पनि एमसीसीको विपक्षमा रहेका थिए । सो विषयलाई लिएर श्रेष्ठ र विप्लवबीच छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार