एमसीसी पास भएसँगै विभिन्न पदका कर्मचारी माग

काठमाडौं, १८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएसँगै नेपाल विकास समिति (एमसीए–नेपाल) ले कर्मचारीहरू माग गरेको छन् ।

सम्झौता सकिएपछि एमसीसी परियोजनालाई कार्यान्वयनमा लैजानका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको हो । एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर (सबस्टेसन), अनुगमन मूल्यांकन तथा आर्थिक विलेषण गर्ने व्यवस्थापक, लिड इन्जिनियर (प्रसारणलाइन), ऊर्जा क्षेत्र पुनर्संरचनाका विषेशज्ञ, अनुगमन मूल्यांकनका विशेषज्ञ, डीईडी म्यानेजमेन्ट गर्ने असिस्टेन्ट, आउटरिच कम्युनिकेसन असिस्टेन्ट, कार्यालय सहयोगी र ड्राइभर पदमा आवेदन माग गरेको छ ।

उल्लेखित पदहरुमा आवेदन दिन इच्छुकले १५ मार्चसम्म आवेदन दिन सक्नेछन् । एमसीए नेपालले मुख्य रूपमा आयोजना सुरु हुनुअघि कार्यस्थलमा गर्नुपर्ने पूर्वतयारी सक्ने र कागजी रुपमा नेपाल सरकारले तोकेका प्रक्रिया पूरा गर्नेतर्फ केन्द्रित हुने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार